हङकङ । हङकङका विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकहरूमा अब हङकङ कहिल्यै पनि बेलायतको उपनिवेश नभएको उल्लेख गरिने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यसको सट्टा बेलायतले हङकङमा ‘केवल औपनिवेशिक शासनको अभ्यास गरेको’ उल्लेख गरिनेछ ।
हङकङको अविभाज्य सार्वभौमसत्तामाथि चीनको दाबीलाई प्रकाश पार्न यो कदम उठाइन लागेको हो ।
चीनले सधैँ आफूले कहिल्यै पनि हङकङको सार्वभौमसत्ता नत्यागेको र १८०० को दशकमा अनुचित अफिम युद्धको सन्धिअनुसार हङकङ बेलायतलाई बुझाउनु परेको भन्दै आएको छ ।
१५० वर्षसम्म शासन चलाएपछि बेलायतले सन् १९९७ मा हङकङ चीनलाई फिर्ता दिएको थियो । आफ्नो शासनकालमा बेलायतले हङकङलाई गहिरो बन्दरगाह भएको उदाइरहेको सहर, विश्वकै प्रभावशाली आर्थिक केन्द्रमध्ये एक लगायत औपनिवेश र आश्रित भूभागको रूपमा चित्रित गर्ने गरेको थियो ।
बेलायतले हङकङमाथि १८४१ देखि १९४१ र १९४५ देखि १९९७ सम्म शासन गरेको थियो ।
सन् १९९७ देखि हङकङ चीनको विशेष प्रशासकीय क्षेत्रको रूपमा रहँदै आएको छ । बृहत् प्रजातान्त्रिक अभ्यासको मागसहित हङकङमा हुने गरेका जन प्रदर्शन दबाइने गरिएको छ ।
हाल निर्वासित हङकङका पूर्व प्रजातन्त्र समर्थित विधायक टिमोथी लि लगायतले हङकङको इतिहासको पुनर्लेखनको विरोध गर्दै चिन्ता प्रकट गरेका छन् ।
बीबीसीबाट ।