site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुजुकी कम्पनीका पूर्वअध्यक्ष ओसामुको निधन
तस्बिर : फाेर्ब्स

टोकियो । साना चारपांग्रे सवारीसाधनका लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उनी ९४ वर्षका थिए । 

कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेकोे छ ।

सफल व्यवसायीको चार दशक लामो नेतृत्वपछि सन् २०२१ मा अवकाश लिएका सुजुकीको कार्यकालमा कम्पनीको बिक्री १० गुणाभन्दा बढीले वृद्धि भएको थियो ।

सन् १९३० जनवरी ३० मा मध्य जापानी क्षेत्र गिफुमा जन्मिएका उनले फर्मको संस्थापकको परिवारमा विवाह गरेका थिए भने पछि सन् १९७८ मा यसको अध्यक्ष बनेका थिए । 

आफूलाई ‘सानो व्यवसायमा बूढो मानिस’ भन्न रुचाउने उनले हल्का वजनको ‘केई’ सवारी साधन निर्माण गर्नमा ध्यान केन्द्रित गरे । ती सवारी साधनमध्ये धेरै उनीहरूको इन्धन दक्षता र चलाउनका लागि सजिलो भएका कारण प्रसिद्ध थिए ।

कार निर्माता कम्पनी सुजुकीले कुनै समय जनरल मोटर्स र फक्सवागनसँग सहकार्यका लागि सम्झौता गरेको थियो र सन् २०१९ मा टोयोटासँग पनि पुँजी परिचालनसम्बन्धी गठबन्धन गरेको थियो।

सन् २०२१ मा सुजुकीले कम्पनीको अध्यक्ष पदबाट अवकाश लिँदा कम्पनीको बिक्री ३.१८ ट्रिलियन येन (२० अर्ब अमेरिकी डलर) पुगेको थियो ।

सन् १९७८ मा उनले कम्पनीको कार्यभार सम्हाल्दा कम्पनीको बिक्री ३२३ अर्ब येन थियो ।रासस

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro