site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाको संसद्‌मा किन भयो हंगामा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूलाई शुक्रबार दक्षिण कोरियाको संसद्‌मा महाभियोग लगाएर पदबाट हटाइएको छ । महाभियोगको पक्षमा १९२ मत परेको थियो । जबकि पारित गर्न १५१ मत भए पुग्थ्यो ।

महाभियोगका कारण संसद्‌मा हंगामा भएको थियो । तनाव चर्किएपछि सांसदहरू धकेलाधकेलको अवस्थामा पुगेका थिए ।

सत्तारूढ दलले मतदान बहिष्कार गरेपछि कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा एक मत पनि परेन ।

अब अर्थमन्त्री चोई साङ मोकले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् । चोई सोङले डिसेम्बर ३ मा 'मार्सल ल' लागु गर्ने निर्णयको खुलेर विरोध गरेका थिए ।

'मार्सल ल' घोषणा गरेका दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति युन सुक येओललाई महाभियोग लगाएरै पदबाट हटाइएको थियो । त्यसपछि १४ डिसेम्बरमा हान डक–सूलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । तर, उनी १३ दिनमात्रै यस पदमा रहन सके ।

संसद्‍मा किन भयो हंगामा ?

शुक्रबार दक्षिण कोरियाको संसद्‌मा महाभियोगको मतदानका क्रममा निकै तनावको स्थिति सिर्जना भएको थियो । बैठकमा सभामुख वू वोन सिकले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सांसदहरूको ५० प्रतिशत मत आवश्यक पर्ने बताए । जसले गर्दा १५१ सांसदको मात्रैको मतले पनि कार्यवाहक राष्ट्रपति हटाउन सकिने अवस्था आयो ।

संसद्‌मा विपक्षी दलको १९२ सिट छ । यस्तो अवस्थामा कार्यवाहक राष्ट्रपतिलाई हटाउन सहज भयो । त्यसपछि १०८ सिटमात्रै पाएको सत्तारूढ दलले विरोधमा उत्रिएपछि हंगामा नै भएको थियो । सत्तारूढ दलका सांसदहरूले सभामुखको निर्णयको विरोध गरेका थिए ।

उनीहरूले कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोगको मतदान नै बहिष्कार गरे ।

यसअघि, राष्ट्रपति युनलाई हटाउन २०० सिट आवश्यक थियो ।

एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro