site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ : राजेन्द्र लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशन उद्घाटन गर्दै लिङ्देनले देशमा देखिएको बेतिथि अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन् ।

उनले पूर्ण समानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थितिबाट ग्रुजिरहेको भन्दै उनले नागरिकहरूले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति बेहोर्नुपर्ने बताए । देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै नागरिकले योगदान गर्नुपर्ने बेला आएको उनको भनाइ छ । 

उनले अहिले नेतृत्वले स्थापित गरेको प्रणाली नै गलत भएको धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro