site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूची हटाउन माग
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले अर्थ मन्त्रालयको विनियोजित बजेटका विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अर्थमन्त्री शर्माले सदनमा दिने जवाफमा एमालेले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएकोप्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताए ।

“हिजोबाट नै संसद्मा अर्थमन्त्रीको विषय प्रवेश गराएका छौँ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्ष् ादलले संसद्मा उभिएर अबजेक्सन गरिसकेपछि सभामुखले विनियोजन विधेयकमाथिको छलफल जारी राख्ने भन्दै कार्यसूचीको ९ नम्बरमा अर्थ मन्त्रालय राख्नुभएको रहेछ । जब अर्थमन्त्रीज्यूको काम, क्रियाकलापमाथि यति गम्भीरतापूर्वक प्रश्न उठेपछि नेकपा (एमाले)को तर्फबाट अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न विल्कुलै तयार छैन । आजको कार्यसूचीबाट अर्थमन्त्रीको जवाफ हटाइयोस्,” उनले भने, “त्यसपछि मात्रै अरू मन्त्रालयहरूसँगको सम्बन्धित कुरामा बस्छौँ । छलफल गर्छौँ । सभामुखको आग्रह स्वीकार गर्छौँ । तर, त्यसभन्दा अगाडि अर्थ मन्त्रालयको आजको सूचीबाट हटाउनका लागि सभामुखसँग गम्भीरताका साथ आग्रह गर्न चाहन्छु ।”

प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचीमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाए मात्र बैठकमा भाग लिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu