site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुलुकमा बेइमानहरूको बहुमत छ : पोखरेल

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन् । शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फर्छ्योटसम्बन्धी कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको उनले उल्लेख गरे । उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर ‘निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु’ भन्ने चेतावनी दिने गरिएको सुनाए ।

“...अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको छ । प्रमाण छ, कागज छन्, कानुन छ । स्पष्ट छ । टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ,” उनले भने ।

बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घरखेतबाट त्यो असुलउपर गर्नुपर्ने उनको भनाइ थियो । “बेरुजु राख्ने जिम्मेवार अधिकारीको घरखेतबाट बेरुजु असुलउपर गर्नुपर्छ,” उनले भने, “मेरो बुझाइ फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो ।”

उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउकामा राखिदिएर देशको सुधार गर्न नसकिने बताए ।

“कुनै एकजना मन्त्रालयको महानिर्देशकले टेन्डर गर्छ, ठेक्का लगाउँछ । तर, सूचना निकाल्ने, टेन्डर स्वीकृत गर्ने, मूल्यांकन गर्ने, कामको रेखदेख गर्ने, मूल्यांकन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ ? यो बेइमानी हो,” उनले भने ।

उनले थपे, “देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ, त्यसको नाममा बेरुजु हुनुपर्छ । यो हिसाबबाट मुलुक नबदल्ने हो भने, परम्परागत रूपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro