site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदन अवरोध गर्न छोड्दैनौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोधलाई जारी राख्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत हत्या, हिंसा भनिएकाले आफूहरू सदन अवरोधको स्थितिमा रहेको उनले उल्लेख गरे । उनले सदनबाट जबरजस्त ‘आक्रमण’ गर्ने चेतावनी दिए ।

“...हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत, विस्तृत शान्ति सम्झौताविपरीत, हामी सदन अवरोधको स्थितिमा छौँ,” उनले भने, “र, हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ ।”

उनले आफूहरू कमजोर छौँ भनेर हीन भावना लिनु सही नहुने बताए । “हामी अहिले प्रतिनिधिसभामा संख्यामा कमजोर नै छौँ, यो त दुनियाँले बुझेकै कुरा हो । तर, हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ । हामी कमजोर छौँ भनेर हीन भावना लिनु सही हुँदैन,” उनले भने ।

अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्‌मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजी आफूहरूले असफल बनाएको जिकिर गरे । “सदनमा हेर्ने हो भने संवैधानिक परिषद्‌मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरू हामीले असफल बनायौँ,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro