site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा गठबन्धनका सांसदलाई एक अर्ब ५५ करोड, एमालेलाई ३० करोड मात्र !
फाइल फाेटाे ।
SkywellSkywell

पोखरा । गण्डकी सरकारले गठबन्धनका प्रत्येक सांसदलाई पाँच करोड रुपैयाँ दिने भएको छ । कार्यकालको अन्तिममा आएर सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सांसदहरूलाई उक्त रकम दिन लागेको हो ।

आगामी वर्ष संसदीय निर्वाचन हुँदैछ । उक्त चुनाव यही सरकारले गर्नेछ ।

चुनावलक्षित नीति तथा कार्यक्रम ल्याएको सरकारले बजेटमार्फत गठबन्धनका ३१ सांसदलाई करोडौँका योजना दिन लागेको खुलेको हो । ३१ सांसदलाई पाँच करोड रुपैयाँका दरले बजेट छुट्याउँदा एक अर्ब ५५ करोड हुन आउँछ ।

KFC Island Ad
NIC Asia

सरकारले बजेटको आकार बढाएर ३६ देखि ४० अर्बसम्मको बजेट ल्याउने सरकारका एक मन्त्रीले जानकारी दिए ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने यसबारे अनभिज्ञ छ । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले यसबारेमा आफूहरूलाई केही थाहा नभएको बताए ।

Royal Enfield Island Ad

तर, २६ सांसद रहेको एमालेलाई सरकारले ३० करोड रुपैयाँ छुट्याएको गठबन्धनका एक सांसदले पुष्टि गरे ।

दुई दलको सहमतिबाट नै यसपटकको बजेटमा सांसदलाई दिने रकम बढाइने बताइएको छ । 

त्यसबाहेक सरकारले निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत बर्सेनि ७२ करोड रुपैयाँ सांसदहरूको लागि छुट्याउँदै आएको छ ।

यी तीनवटै रकम जोड्दा सांसदले नै खर्च गर्न पाउने बजेट २ अर्ब ५७ करोड रुपैयाँ हुन आउँछ ।

गण्डकी सरकारले सुरुको बजेटमा निर्वाचन पूर्वाधारमार्फत सांसदलाई रकम दिएको थिएन । तर, सांसदहरूले नै प्रतिसांसद ५० लाख रुपैयाँ पाउनुपर्ने माग राखेपछि आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट निर्वाचन पूर्वाधार विकास कार्यक्रमका नाममा ७२ करोड छुट्याइयो र हालसम्म त्यसले निरन्तरता पाउँदै आएको छ ।

निर्वाचन पूर्वाधारको बजेट जसरी नै कार्यविधि बनाएर कृषि, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार लगायत क्षेत्रमा प्रतिशतका आधारमा योजना छुट्याउने र त्यसमा नै खर्चिनुपर्ने कार्यविधि बनाइएको छ ।

यता, मन्त्रालयको सिलिङ घटाएर सांसदलाई बजेट दिएको भन्दै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सरकारको नीति तथा कार्यक्रम नै बहिष्कार गरेका छन् ।

गत २४ गते सरकारले नीति तथा कार्यक्रम ल्याएको थियो ।

तर, मन्त्री आचार्य भने त्यहाँ उपस्थित भएका थिएनन् । अर्थ मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेलेरै नीति तथा कार्यक्रम बनाएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । क्षेत्राधिकार मिचिएको देखि मन्त्रालयलाई नै बेवास्ता गरिएको उनको आरोप छ । बजेटको आकार बढ्दा मन्त्रालयको सिलिङ झनै घटाइएको भन्दै उनी मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट छन् ।

त्यसको सम्बोधन नभएसम्म नीति तथा कार्यक्रम पारित हुने दिन आफू अनुपस्थित हुने सम्मको चेतावनी उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई दिएका छन् ।

३० गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । बजेटमा असन्तुष्टि जनाएका मन्त्री आचार्य र उनको दल जनता समाजवादी पार्टी उक्त दिन प्रदेशसभा बैठकमा अनुपस्थित भए नीति तथा कार्यक्रम नै असफल हुने सम्भावना बढ्नेछ ।

यदि जसपा सदनमा नजाने र स्वतन्त्रबाट सांसद भई मन्त्री बनेका दीपक मनाङे पनि अनुपस्थित भएको खण्डमा नीति तथा कार्यक्रम असफल हुने सम्भावना छ ।

नीति तथा कार्यक्रम फेल भएमा गण्डकीको सरकार ढल्नेछ र मध्यावधि निर्वाचनमा जानेछ । नीति तथा कार्यक्रममा गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) पनि अनुपस्थित भएका थिए । व्यक्तिगत कामले काठमाडौं गएका गुरुङले आफ्नो पनि असन्तुष्टि रहेको बताए । 

मन्त्री आचार्यले नीति तथा कार्यक्रमबारे त्यही दिन निर्णय लिने प्रष्ट पारे । मनाङेले चाहिँ संसदमा आफू उपस्थित हुने जनाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro