site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करीको आरोपमा चिनियाँ र भारतीय नागरिकसहित ७ जना पक्राउ
SkywellSkywell

काठमाडौं । अवैध रूपमा सुन तस्करी गरेको आरोपमा काठमाडौंबाट चिनियाँ र भारतीय नागरिकसहित सातजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । सोही सूचनाका आधारमा लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

Dabur Nepal
NIC Asia

प्रहरीकाअनुसार निगरानी राख्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर  सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाएर लुकाएको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद भएको छ । सुन तस्करीमा अन्यको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो ।

शाही र चन्दसँगै अन्य पक्राउ पर्नेहरूमा बौद्ध बस्दै आएकी २२ वर्षीया निर्मला घलान, बूढानीलकण्ठ बस्दै आएका राहुल भनिने बरूण भक्त माथेमा, बौद्ध बस्दै आएका चिनियाँ नागरिक लोप्साङ ग्लाल्सेन, माछापोखरी बस्दै आएका युवराज भुषाल र भारत नयाँ दिल्ली घर भई ललितपुर बागडोल बस्दै आएका अमन राजपुत छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu