site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुपन्देही बस दुर्घटना : विदेश यात्रा बीचमै रोकियो
Sarbottam CementSarbottam Cement

बुटवल । वैदेशिक रोजगारीमा जानका लागि विनोद मुखियाले श्रम स्वीकृत लिनेदेखि अरू कामहरू गरिसकेका थिए । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२२ का ३९ वर्षीय मुखिया गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने तयारीमा थिए ।

उक्त विमानस्थलबाट जजिरा एयरवेजले कुवेत उडान भर्ने र काठमाडौंभन्दा टिकटमा आठ हजार रुपैयाँ सस्तो पर्ने भएपछि भैरहवाबाट जाने निर्णय गरेका थिए । टिकट पहिले नै बुकिङ गरे । सोमबार (भोलि) बिहान साढे २ बजेको उडान तालिका भएकाले शुक्रबार जनकपुर बसपार्कमा पुगेर भैरहवाका लागि बसको टिकट लिए ।

शनिबार भैरहवाका लागि हिँडे उनी । जनकपुर र भैरहवाबीच करिब ३७५ किलोमिटरको दूरी छ । उनी सवार बस ३७१ किलोमिटरजति पार गरेपछि दुर्घटना पर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा नौजनाको मृत्यु भयो । उनीसहित २३ यात्री घाइते भए । बसपार्क पुग्नका लागि साढे तीन किलोमिटर दूरी मात्र बाँकी रहँदा बस खस्यो । आज बिहान जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको हो ।

परिवार पाल्ने जिम्मेवारी बोकेका मुखिया अहिले अस्पतालको बेडमा छन् । आँखामा टिलपिल आँसु, मुहारमा पीडा र मनमा डर उनको हाउभाउले दर्शाइरहेको थियो । गर्धनको हड्डी भाँचिएको छ । देब्रे हात र देब्रे खुट्टामा निकै ठूलो चोट लागेको छ उनलाई । अस्पतालका अनुसार उनी चलमलाउन पनि नसक्ने अवस्थामा छन् ।

Global Ime bank

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उनीसहित दुर्घटनाका सबै घाइतेको उपचार भइरहेको छ ।

छोरीलाई अष्ट्रेलिया पठाउने रहर...
रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल छोरीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पठाउने रहरले कागजात बनाउन चार दिनअघि काठमाडौं गएकी थिइन् । सबै काम हुन समय लाग्ने भएपछि घर फर्कने तयारी गरिन् ।

बस्याल शनिबार साँझ काठमाडौंबाट घर आउँदै थिइन् । काठमाडौंबाट नारायणघाटसम्म एउटा बसमा आइन् । नारायणघाटबाट बस फेरिन् । जनकपुरदेखि बुटवल आउँदै गरेको लु२ख ३८४१ नम्बरको बसमा चढिन् ।

दुई चालक र एक सहचालक रहेको उक्त बस आइतबार बिहान सवा ४ बजेतिर रोहिणी नदीको पुलबाट खस्यो । उनको त्यहीँ मृत्यु भयो ।

शनिबार दिउँसो परिवारसँग कुरा हुँदा छोरीको अष्ट्रेलिया जाने काम पूरा भएपछि मात्र घर फर्कन परिवारले उनलाई भनेको थियो । तर, केही दिन ढिलो हुने भएपछि उनी छोरीलाई काठमाडौंमै छोडेर शनिबार साँझ नै घर आउन बस चढेकी थिइन् ।

काम सकेर फर्कंदा गयो ज्यान
प्रायःजसो आफ्नै सवारीमा यात्रा गर्ने बुटवलका युवाउद्यमी कृष्ण बस्याल लामो समयपछि सार्वजनिक सवारीमा चढे । व्यावसायिक कामको सिलसिलामा विमानमार्फत काठमाडौं गएका उनी बसबाट फर्कंदै थिए । उनी चढेको बस नारायणगढ आइपुग्दा बिग्रियो । बनाउन धेरै समय लाग्ने भयो ।

नातामा भाउजू पर्ने तिलोत्तमा–९, मणिग्रामकी तुलसी बस्याल पनि उनीसँगै भइन् । तुलसीसहित उनी जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको बसमा चढे । सोही बस आइतबार बिहान रोहिणी पुलबाट खोलामा खस्यो । उनीसहित भाउजू पर्ने तुलसीको पनि मृत्यु भयो ।

प्रहरीका अनुसार मृतक नौमध्ये आठ पुरुष र एक महिला छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार पश्चिम नेपाल बस व्यवसायी प्रालि मातहत रहेको उक्त बसमा चालक र सहचालकसहित ३३ जना सवार थिए ।

घाइते सबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । यसअघि भीम अस्पतालमा उपचाररत घाइतेलाई पनि अहिले मेडिकल कलेज लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC