site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलको मुद्दा श्रेष्ठ र चुडालको इजलासमा 
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले गरेको आईजीपी नियुक्ति गैरकानुनी भएको र त्यसले आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । गत वैशाखमा सरकारले १६ महिनापछिका एआईजीलाई आईजीपी बनाएपछि पहिलो वरीयताका एआईजी पोखरेल सर्वोच्च गएका थिए ।

त्यसबेला न्यायाधीश सुष्मलता माथेमाको इजलासमा आफ्नो पालो नै नआउँदै महान्यायाधीवक्ताले बहसको निवेदन हाली अन्तरिम आदेश दिँदा चुनावमा प्रत्यक्ष असर पर्नसक्ने जिकिर गरेपछि अन्तरिम आदेश नदिइए आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो । 

न्यायाधीशहरु श्रेष्ठ र चुडालको इजलासले आज पोखरेको माग जायज ठहराएमा पोखरेल आईजीपी बन्नेछन् भने इजलासले उनका दाबी वैधानिक ठहर नगरेमा उनले एआईजीमै निरन्तरता दिने वा राजीनामा दिएर घर जाने बाटो छान्नुपर्नेछ । श्रेष्ठ र चुडालकै इजलासमा आजै पूर्वडीआईजी ईश्वरबाबु कार्कीले बढुवा विवादमा हालेको रिटमाथिको सुनुवाइ पनि परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro