अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले फलफूल तथा जडीबुटी उत्पादनका लागि ब्याजदर तोकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै फलफूल एवम् जडीबुटी उत्पादन प्रशोधनका लागि आधार ब्याजदर (बेस रेट)मा २ प्रतिशत भन्दा बढी प्रिमियम नलिन निर्देशन दिएको हो ।
"फलफूल एवम् जडीबुटी उत्पादनका लागि र/वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ,” राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
तर, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा भने लागु नहुने केन्द्रीय बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १७:३५
प्रतिक्रिया दिनुहोस्