site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खान हुने र नहुने च्याउबारे भ्रम र यथार्थ

काठमाडौं । बर्खा ऋतुमा धेरै च्याउहरू उम्रिन्छन् । च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । तर, विषालु च्याउ खानाले मानिसको ज्यान समेत जानसक्छ । नबुझी, नसोधी, नजानी जंगली च्याउ नखान विज्ञको सुझाव छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव एवं वरिष्ठ च्याउविज्ञ डा. महेशकुमार अधिकारीका अनुसार नेपालमा करिब ३०० प्रजातिका च्याउ भेटिएका छन् । तीमध्ये १४७ प्रजातिका च्याउ खान हुनेछन् । १०० प्रजातिका च्याउ विषालु छन् । ७५ प्रजातिका औषधि उपयोगी च्याउ छन् । अरू प्रयोगका लागि केही प्रजातिका च्याउ छन् ।

विषालु च्याउ छुट्ट्याउने धेरै आधार नभएको उनको भनाइ छ । “अहिलेसम्म वैज्ञानिकहरूले हेरेरबाहेक अरू कुनै किसिमले विषालु च्याउ छुट्ट्याउन सकेका छैनन्,” उनले भनेका छन् । आयुर्वेदमा पनि विषालु च्याउ छुट्ट्याउने विशेष विधि नभएको उनको भनाइ छ ।

नेपालमा अहिले विदेशबाट बीउहरू ल्याएर खेती गरिएका च्याउहरू भने ढुक्कसँग खान हुने उनले जानकारी दिए । त्यस्ता च्याउले असर नगर्ने उनले उल्लेख गरेका छन् । तर, जंगलबाट ल्याइने च्याउ भने नबुझी, नसोधी, नजानी नखान उनको सुझाव छ । त्यस्ता च्याउ खान हुने/नहुनेबारे विज्ञसँग परामर्श लिनुपर्नेमा उनले जोड दिएका छन् ।

खान हुने र नहुने च्याउबारे भ्रम र यथार्थ
गाउँघरतिर चाँदीको चम्चाले चलाउँदा विषालु च्याउले कालो बनाउँछ भन्ने भ्रम छ । तर, कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो नहुने डा. अधिकारी बताउँछन् । त्यस्तो तरिकाले खान हुने र नहुने च्याउ नछुट्टिने उनले बताए ।

यस्तै, टिमुर हालेर पकाउँदा विषालु च्याउको विषादी नष्ट हुन्छ भन्ने भ्रम छ । डा. अधिकारीका अनुसार त्यसरी पकाउँदा विषादी नष्ट हुने नभई टर्रो मात्र हुने गर्छ ।

दूध आउने च्याउ कुनै खान हुने र कुनै खान नहुने भन्ने छ । तर, नचिनी दूध आउने च्याउ खान नहुने उनको सुझाव छ ।

गोबरमा उम्रिने सबै च्याउ पनि खान नहुने उनले बताएका छन् । उनका अनुसार गोबरमा उम्रिने च्याउ पनि धेरै विषालु हुन सक्छन् ।

यसैगरी, रुखमा उम्रिने च्याउहरू विषालु समेत भेटिएको उनले जानकारी दिए ।

“किरा–फट्यांग्राले खाएका च्याउहरू खान हुन्छ भन्छन् । तर, होइन । किरा–फट्यांग्राले खाएका च्याउहरू पनि खान हुँदैन । त्यो खानेबित्तिकै मानिस मर्न सक्छन्,” उनले भनेका छन् ।

चिप्लेकिराले खाएका च्याउहरू पनि नखान उनको सुझाव । उनका अनुसार चम्किलो रङ भएका च्याउहरू खाने हुने र नहुने दुवै किसिमका छन् ।

कत्ला भएका च्याउ खान हुन्छ भन्ने मान्यता भए पनि त्यस्ता खान नहुने च्याउ पनि धेरै भएको उनको भनाइ छ ।

यार्सागुम्बा पनि च्याउ नै हो । उक्त प्रजातिको च्याउ खाँदा शरीरलाई कुनै असर नगर्ने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro