site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दाङको देउखुरी वारियर्स र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’मा दाङको देउखुरी वारियर्स क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । 

मंगलबार सम्पन्न पहिलो खेलमा बझाङको बुङगल क्रिकेट  क्लबलाई १८ रनले पराजित गर्दै दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका कारण १२ ओभरमा छोट्याइएको खेलमा देउखुरी विजयी भयो । 

धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । उसका लोकेन्द्र चन्दले ३५ र प्रकाश पाण्डेयले ३४ रन बनाए । बलिङ तर्फ देउखुरीका दिनेश अधिकारीले ३ र नारायण जोशीले २ विकेट लिए । 

त्यसअघि देउखुरीका लागि प्रज्वल थापाले ३४, सुमित श्रेष्ठले अविजित २३, नारायण जोशीले २३ र विराट भण्डारीले २१ रन बनाए । बलिङतर्फ बुङगलका मिलन बोहरा र अशोक धामीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिनेश चुनिए । 

मंगलबारको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई १६ रनले पराजित गर्दै कैलाली जिल्ला क्रिकेट  क्लब विजयी भयो । टस जितेर ब्याटिङ थालेको कैलाली जिल्ला क्रिकेट  क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । 

१ सय ३४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रिकेट  एकेडेमीले १८.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १७ रन मात्रै बनाउन सक्यो । उसका कप्तान राजु रिजालले ३३ बलमा ४ छक्का र ३ चौकासहित ५१ रन बनाए । सुवास ऐरले २९ र खगेन्द्र जोशीले १४ रन बनाए । बलिङतर्फ कैलाली जिल्ला क्रिकेट  क्लबका वीरेन्द्र नाथले ३, कप्तान शेर मल्ल, श्याम सुन्दर साउद र नरेन साउँदले समान २÷२ विकेट लिए । 

त्यसअघि कैलाली जिल्ला क्रिकेट  क्लबका लागि अर्जुन साउदले अविजित ३३, राजन सिंहले २७, दिनेश ओडले १९ र वीरेन्द्र नाथले १४ रन बनाए । बलिङतर्फ डीसीएका भोजराज भट्ट, हिकमत महरा र अरुण ऐरीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाइ छ ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro