site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्धनमा लगाइएको पूर्वाधार कर तत्काल घटाउन माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ग्यास विक्रेता महासंघले पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार कर तत्काल घटाउन माग गरेको छ ।

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको छ । पूर्वाधार कर घटाउँदा नेपाल आयल निगमको नोक्सानी घट्ने महासंघको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूर्वाधार कर हटाए इन्धनमा मूल्यवृद्धि गर्नु नपर्ने महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । “राज्यले आफ्नो चालु खर्च नघटाउने तर जनताबाट अनावश्यक करको बोझ बोकाएर मूल्यवृद्धि गर्दै जानु न्यायसंगत मान्न सकिँदैन । कच्चा तेलको मूल्य घट्न थालेपछि करको दर पुरानै अवस्थामा लैजान सकिन्छ,” उनले भने ।

निगमलाई ऋणपत्र जारी गर्न दिए पैसाको जोहो हुने र मूल्यवृद्धि गरिरहनु नपर्ने पनि उनले बताए ।

Royal Enfield Island Ad

महासंघले तेल कारोबारमा निजी क्षेत्र आउनुपर्ने तर त्यो प्रक्रिया पारदर्शी हुनुपर्ने जनाएको छ । प्रतिस्पर्धाका आधारमा कम्पनी छनोट गर्नुपर्ने महासंघको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro