देश
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा यो वर्ष पहिलो चरणमा असार २५ गते हुने भएको छ ।
काउन्सिलले आज सूचना प्रकाशित गर्दै पीसीएल, बीएस्सी तथा मिडवाईफको लाइसेन्स परीक्षा लागि सो दिन हुने परीक्षाका लागि जेठ १३ गते शुक्रबारदेखि अनलाइन आवेदन खुल्ने जनाएको छ ।
परिषद्ले परीक्षा बिहान ९ बजेदेखि हुने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १२:३६
प्रतिक्रिया दिनुहोस्