site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
लिटल फ्लावर र बुङगल क्रिकेट क्लबको विजयी सुरुवात 
SkywellSkywell

धनगढी । कैलालीको धनगढीमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा आयोजक लिटल फ्लावर क्रिकेटक्लब र बझाङको बुङगल क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । 

धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमी र बुङगल क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन् । 

शुक्रबार भएको उद्घाटन खेलमा लिटल फ्लावर क्रिकेट क्लबले धनगढी क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको लिटल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो । १ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । 

Dabur Nepal
NIC Asia

धनगढी क्रिकेट एकेडेमीका राजु रिजालले ४८ बलमा ९ चौका र ३ छक्कासहित ७७ रनको उत्कृष्ट पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । रिजाल बाहेक टिमका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न नसक्दा डीसीएले हार बेहोरेको हो । बलिङ तर्फ लिटल फ्लावरका कुशल रुपाखेती र अनुप कुँवरले ३/३ र कृष्ण कार्कीले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको लिटल फ्लावरका नरेन भट्टले ४० बलमा ८ चौका र २ छक्काको मद्दतले ६३ रनको सानदार पारी खेले । लिटल फ्लावरका लागि अभिषेक पालले २८ बलमा ४४ रन बनाए । बलिङतर्फ डीसीएका अभिष कोइराला, हिक्मत बोहरा र अरुण ऐरीले समान २/२ तथा भोजराज भट्टले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका नरेन चुनिए । उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरे । 

शुक्रबार भएको दोस्रो खेलमा बुङगल क्रिकेटक्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुङगल क्रिकेटक्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रनको विशाल योगफल तयार पार्‍यो ।

२ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेटक्लब १५.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो । उसका लागि दीपक टमाटाले ३५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ बुङगलका आकाश चन्दले ४, लोकेन्द्र चन्द, आदित्य महता र मिलन बोहराले समान २र२ विकेट लिए । 

त्यसअघि बुङगललाई विशाल योगफल तर्फ अघि बढाउन किरण कुमार ठगुन्नाले २२ बलमा ५८ र प्रकाश पाण्डेले ३६ बलमा ५२ रनको सम्झन लायक पारी खेले । उसका सन्दीप विष्टले ३६ र लोकेन्द्र चन्दले २० रन बनाए । बलिङ तर्फ कैलाली जिल्ला क्रिकेट क्लबका बलरहरू महँगा साबित भए । खेलको प्लेयर अफ दी म्याच ६ छक्का र ३ चौकाको मद्दतले ५८ रनको सानदार परी खेलेका किरण चुनिए ।

लिटल फ्लावर स्पोट्र्स एन्ड इभेन्ट्स प्राली धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोेत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro