site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरलाई बदलाको अवसर, लय निरन्तरताको लक्ष्यमा सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

यी दुई टिमबीच लिग चरणमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ । यता, पराजित हुने टिमले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

Dabur Nepal
NIC Asia

प्लेअफअघि जनकपुरले भने नियमित कप्तान अनिल साहको साथ नपाउने सम्भावना उच्च छ । अनिल लिग चरणमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध मैदान उत्रिँदा घाइते भएका थिए । उनको हातमा चोट लागेको छ । यसैकारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना उच्च रहेको एक स्रोतले बाह्रखरीलाई बताए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

लिग चरणका नतिजा
जनकपुरले प्रतियोगिताको सुरुआती चार खेलमा लगातार जित निकालेको थियो । तर, लिग चरणका अन्तिम तीन खेल खेल्दा भने जनकपुरले दुई खेलमा हार व्यहोरेको हो ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको नै, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार व्यहोरेको हो । छैटौँ खेलमा काठमाडौंविरुद्ध पाँच विकेटको जित निकालेको जनकपुरले सातौँ खेलमा चितवन राइनोजसँग ३२ रनको हार व्यहोरेको हो ।

यता, लिगका सात खेलमध्ये ६ खेलमा जित निकालेको सुदूरपश्चिमलाई प्रतियोगिताकै सबैभन्दा सन्तुलित टिमको रूपमा समेत हेरिएको छ ।

लिगको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको, दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।

यस्तै, पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध ७२ रनको, छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको र सातौँ खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro