site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो क्वालिफायरको लक्ष्यसहित भिड्दै चितवन र कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थान सुनिश्चित गर्दै प्लेअफ यात्रा तय गरेका हुन् । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चितवनविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । पराजित हुने टिम भने प्रतियोगिताबाट बाहिरिने छ । आज जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्समध्ये पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

लिग चरणको नतिजा
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच र दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको थियो ।

पाँचौँ र छैटौँ खेलमा चितवनले लुम्बिनी लायन्स र विराटनगर किंग्सविरुद्ध क्रमशः ३३ र ५१ रनको हार बेहोरेको थियो । सातौँ खेलमा चितवनले जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकालेको थियो ।

यता, कर्णालीले भने पहिलो र दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजविरुद्ध क्रमशः आठ र तीन विकेटले पराजित भएको थियो ।

कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन, पाँचौँ खेलमा पोखराविरुद्ध सात विकेट र छैटौँ खेलमा लुम्बिनी लायन्ससँग पाँच रनको जित निकालेको थियो । सातौँ खेलमा भने कर्णालीले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro