site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रांकफर्टलाई युरोपा लिगको उपाधि

काठमाडौं । इन्ट्राचट फ्रांकफर्टको युरोपा लिग जित्ने ४२ वर्षदेखिको प्रतीक्षा समाप्त भएको छ । जर्मन बुन्डेसलिगाको क्लब फ्रांकफर्टले बुधबार राति स्कटल्यान्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै युरोपा लिगको उपाधि जितेको हो ।

फ्रांकफर्टको गोलकिपर केभिन ट्रापले थप समयको अन्तिम मिनेटमा र पेनाल्टीमा उत्कृष्ट बचाउ गरेपछि जर्मन क्लब पेनाल्टीमा ५–४ ले विजयी भएको हो । खेलको निर्धारित ९० र थप ३० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो ।

रेन्जर्सले जो एरिबोको गोलबाट ५७औँ मिनेटमा अग्रता लिएको थियो । ६९औँ मिनेटमा फ्रांकफर्टका राफेल सान्टोस बोर्रेले बराबरी गोल फर्काएका थिए । उनै बोर्रेले पेनाल्टी सुटआउटमा पनि निर्णायक गोल गरेका थिए । रेन्जर्सका एरोन राम्से गोल गर्न चुके ।

योसँगै फ्रांकफर्टले सन् १९८० पछि पहिलोपटक युरोपा लिगको उपाधि जित्न सफल भयो । १९८० मा फ्रांकफर्टले उपाधि जित्दा प्रतियोगिताको नाम यूईएफए कप थियो । जितसँगै फ्रांकफर्टले अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । फ्रांकफर्टले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको यो पहिलोपटक हो ।

‘‘यो अविश्वसनीय छ,’’ फ्रांकफर्टका गोलकिपर ट्रापले भने, हाम्रो र सम्पूर्ण जर्मनीको लागि यो अद्भूत उपलब्धि हो । समर्थकहरू उपाधि सहत घर फर्किन पाउनु आफैँमा ठूलो उपलब्धि हो ।’’

युरोपा लिगमा अपराजित उपाधि जित्ने फ्रांकफर्ट तेस्रो टिम बनेको छ । यसअघि, चेल्सीले २००९ र भियारियालले २०२१ मा त्यो सफलता हासिल गरेका थिए ।

रेन्जर्सले १९७२ मा यूईएफए कपको उपाधि जितेको थियो । त्यसपछि पहिलो उपाधि जित्ने रेन्जर्सको प्रयास पुनः असफल भयो । यसअघि, २००७/०८ मा पनि रेन्जर्सले फाइनल खेलेको थियो । त्यति बेला पनि रेन्जर्सले उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro