राजनीति
काठामाडौं । सुर्खेतको लेकबेशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेशकुमार पौडेल विजयी भएका छन् ।
पौडेलले ६,६३९ मत पाएर विजयी हुँदा नेकपा (एमाले)का देवबहादुर रानाले ६,३७४ मत पाए ।
नगरपालिकाको उपमेयरमा एमालेकी विमला खडलुक ६,१०९ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की देउकली थापा मगरले ५,४४० मत पाएकी छन् ।
एमालेले लेकबेशी नगरपालिकामा हारेको भन्दै नगर कमिटी इन्चार्ज टीकाराम सोमै र सहइन्चार्ज शान्तिकुमारी छन्तेलले राजीनामा दिएका छन् । ०७४ को निर्वाचनमा एमालेले १ हजार बढी मतान्तरले नगरपालिकाको मेयर र उपमेयरमा जित हासिल गरेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ ०६:१५
प्रतिक्रिया दिनुहोस्