site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
आज विश्व दूरसञ्चार दिवस
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज विश्व दूरसञ्चार दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

दूरसञ्चारका क्षेत्रमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर ५३औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९१३ मा पहिलोपटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकामा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तारलाइन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंकलाइन स्थापना गरियो ।

सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो । यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान गरिएको थियो । त्यसलाई सन् १९६५ मा एक हजार लाइन क्षमताको बनाइयो ।

Global Ime bank

सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो । सन् १९९९ मा नेपालमै पहिलोपटक मोबाइल फोनको सुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यावसायिक सुरुवात भयो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC