राजनीति
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
मतदातालाई घर लैजाने विषयमा विवाद झडप भएको थिया । अरू केही व्यक्ति घाइते भएको प्रजिअ खनालले बताए । घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०८:३३
प्रतिक्रिया दिनुहोस्