site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका ‘बागी’ उमेदवार कार्कीले गठबन्धनकै उमेदवारलाई सघाउने
SkywellSkywell

पोखरा । पार्टीको नीतिप्रति असहमति जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा ‘बागी’ उमेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । 

कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उमेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उमेदवारी निष्क्रिय  भएको बताएका छन् ।

Dabur Nepal
NIC Asia

“साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उमेदवारलाई सघाउने निर्णय लिएको छु,” प्रेस विज्ञप्तिमा उनले भनेका छ्, “मेरो उमेदवारी आजैदेखि निष्क्रिय भएको छ ।” 

यसैबीच, नेपाली कांग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यबाद ज्ञापन गरेको छ । पार्टीभित्र असन्तुष्टि  भए पनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उमेदवारलाई जिताउने गरी कार्कीले उमेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको कांग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताए । 

“बिमलबहादुर कार्कीज्यूले पार्टीलाई सघाउने काम गर्नुभएको छ । र, यो उदाहरणीय काम पनि हो,”’ कास्की कांग्रेस सभापति बरालले भने । 

गठबन्धनको साझा उमेदवारलाई बागी उमेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की कांग्रेसले बताएको छ । पोखरा १४ स्थानीय घर भएका कांग्रेस नेता कार्कीले गठबन्धनका उमेदवारलाई सघाउने भएपछि पोखरा महानगरको निर्वाचन जित्न गठबन्धनलाई अझै बढी सजिलो भएको नेपाली कांग्रेस कास्कीको बुझाई छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro