site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन
Ghorahi CementGhorahi Cement

जुम्ला । जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ । 

टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो ।

Agni Group

कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने, “टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौंबाट मगाइएको छ, आइपुगेपछि टेलिफोन सञ्चालनमा ल्याइनेछ ।”

टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको प्राविधिक टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको थियो । निर्वाचनका समयमा टेलिफोनसेवा अवरुद्ध भएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेता तथा उमेदवारले गुनासो गरेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC