राजनीति
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दलसहित ३७ जनालाई स्पष्टीकरण सोधेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापित , सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका व्यक्तिहरूलाई स्पष्टीकरण सोधिएको हो ।
त्यस्तै, आयोगले सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दललाई पनि स्पष्टीकरण मागिसकेको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको आचारसंहिता उलंघन नगर्न आयोग आयोगले आग्रह पनि गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ १७:४६
प्रतिक्रिया दिनुहोस्