site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेश सरकारले बाढीपहिरोपीडितलाई तीन करोड राहत प्रदान गर्ने 

काठमाडौं । वाग्मती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावितहरूका लागि करिब तीन करोड रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्ने गरी उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको सोमबारको तथ्यांकअनुसार विपद्बाट बढी क्षति भएको देखिएका काभ्रेपलाञ्चोक जिल्लालाई ६० लाख, धादिङलाई ५० लाख, ललितपुरलाई ३० लाख, काठमाडौंलाई २० लाख, सिन्धुपाल्चोकलाई २० र दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, भक्तपुर जिल्लाहरूलाई १०–१० लाखका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा दुई करोड ३० लाख रकम प्रदान गर्ने मन्त्री लामिछानेले बताए । 

उनका अनुसार जिल्ला प्रशासन कार्यालयहरूबाट थप रकम माग भई आएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराई कार्यकारी समितिबाट अनुमोदन गर्ने निर्णय गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को (ख) बमोजिम खोज, उद्धार तथा प्रतिकार्यसम्बन्धी कार्य गर्नका लागि कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम वाग्मती प्रदेशका १३ जिल्लाका विपद् व्यवस्थापन कोषमा पाँच –पाँच लाखका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट कुल ६५ लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro