site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको जवाफ : राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो होइन
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गरेका छन् । सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघको भ्रमणले के अर्थ राख्छ भन्ने प्रश्नको जवाफका क्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन् । 

“कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन । हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो,” प्रधानमन्त्रीले भने । 

विश्वव्यापी समस्यालाई मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भएको ओलीले बताए । क्षति पुर्‍याउने कुरामा हात नभए पनि अल्पविकसित देशले बढी मार भोग्नुपरेकोमा विश्वसमुदायको ध्यान जानुपर्ने धारणा राखिएको उनको भनाइ छ । “जसले बढी बिगारेको छ, उसले क्षतिपूर्ति ब्यहोर्नुपर्छ । जसले बिगारेको छ, त्यसले सपार्ने काममा पनि बढी लगानी गर्नुपर्छ भन्ने कुरा राखिएको छ,” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro