site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सरकारी निकाय र व्यवसायीलाई ट्वीट गरेवापत पैसा तिराउने मस्कको योजना
Sarbottam CementSarbottam Cement

वासिङटन । हालै ट्वीटर कम्पनी खरिद गरि सबैतिर चर्चामा आएका टेस्लाका एलन मस्कले आगामी दिनहरुमा ट्वीटर प्रयोग गरेवापत् अतिरिक्त शुल्क तिर्नुपर्ने नीति ल्याउने बताएका छन् ।

फेसबुकलगायत अन्य प्रतिस्पर्धीहरुबाट धेरै पछाडि रहेको ट्वीटर कम्पनीको आम्दानी बढाउन, व्यवसायिक प्रयोजनका लागि ट्वीट गर्ने अकाउन्ट र सरकारी प्रयोगकर्तालाई अतिरिक्त शुल्क तिराउने मस्कले बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले थप भने, “तर ट्वीटर साधारण प्रयोगकर्ताका लागि सधैँ निःशुल्क नै रहनेछ । यसमा कुनै शंका छैन । हामीले केबल सरकारी र व्यवसायिक प्रयोगकर्ताहरुलाई मात्र पैसा तिरेर चलाउनुपर्ने बनाइदिन सक्छौँ । किनकी शुन्य आम्दानी भन्दा त थोरै आम्दानी ठीक ।”

यसअघि मस्कले ट्वीटर खरिद गर्न बैंकहरुसँग कर्जा लिँदा पनि ट्वीटबाट पैसा कमाउन मिल्ने नयाँ प्रावधान ल्याउने बताएका थिए । यति मात्र नभएर उनले ट्वीटर कम्पनीका कर्मचारीको तलब कटौति गर्ने समेत उल्लेख गरेका थिए । यसका लागि आफूले नयाँ फिचरको तयारी गरिरहेको मस्कले बताएका हुन् । 

Global Ime bank

सोमबारको मेट गाला वार्षिक समारोहमा संचारकर्मीहरुसँग बोल्दै मस्कले आफूले अमेरिकाको ठूलो हिस्सा ट्वीटरमा सहभागी भएको हेर्न चाहेको पनि बताए ।

उनले ट्वीटरमा अल्गोरिदमको श्रोत खुला राखेर प्रयोगकर्ताहरुको विश्वसनीयता बढाउने अनि नक्कली अकाउन्टहरु हटाएर प्रयोगकर्तालाई आधिकारिकता प्रदान गर्ने योजना पनि सार्वजानिक गरिसकेका छन् । रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC