साहित्य
काठमाडौं । भाषा साहित्यका क्षेत्रमा काम गर्ने संस्था ‘राइटर्स इन्टरनेसनल ग्लोबल कमिटी’ अमेरिकाले कवि साहित्यकार विमल भौकाजीलाई ५१ हजार नगद राशिसहित सम्मानित गरेको छ ।
सोही अवसरमा गुञ्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठ तथा वासु शशि स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीलाईसमेत सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सर्जकहरूलाई सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा उपमा आचार्य, विमल भौकाजी, जलेश्वरी श्रेष्ठ, प्रद्युम्न जोशी, ज्ञानेन्द्र गदाललगायतले बोलेका थिए ।
उक्त अवसरमा विमला अधिकारीद्वारा लिखित उपन्यास ‘मनकली’को विमोचन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ २१:५७
प्रतिक्रिया दिनुहोस्