राजनीति
काठमाडौँ । स्थानीय तहका लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उमेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
सोमवार उमेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो विकासको योजना देखेर जनताले विजयी गराउने बताए । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले उमेदवारी दर्ता गराएकी छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्