site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने
SkywellSkywell

काठमाडौं । जेठ २२ देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ । 

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रवार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजना सँगै १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलको पनि टुङ्गो लगाएको छ । 

राष्ट्रिय खेलकुदमा समावेश हुने खेलहरू
क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराँते, जिम्नास्टिक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङ ।

छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ । 

‘खेलको मिति परिवर्तन गर्न सकिन्छ’
क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरु आउटडोरमा हुनेछन् । वर्षा भएमा प्रभावित हुने सम्भावना बढी हुन्छ । राखेपका सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताए । उनले स्थानीय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने पनि बताए ।

प्रदेशको खेलाडी छनोटका लागि संघीय, प्रदेश, विभागीय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको छ । जेठ १० गतेभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नु पर्ने मिति तोकिएको छ । यस्तै बजेटका कारण १९औं एसियाली खेलकुद तयारी प्रभावित नहुने समेत घिसिङको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu