site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा कांग्रेसको निर्णय : नेतृत्व नछाड्ने, आकांक्षीको नाम जिल्ला र प्रदेशमा पठाउने
SkywellSkywell

पोखरा । पोखरा महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णयमा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्दापनि तल्लो तहका समितिले त्यसलाई स्वीकारेको अवस्था छैन ।

मंगलबार सभापति देउवालो गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर गठबन्धनको समस्याका कारण पोखरा छाड्नुपर्ने अवस्था आएको बताएका थिए ।

तर, कांग्रेस पोखरा महानगर समितिले चाहिँ अहिलेसम्म आफूले औपचारिक जानकारी नपाएको र केन्द्रबाट लादिएको निर्णय अमान्य भन्दै विरोध जनाइरहेको छ ।

KFC Island Ad
NIC Asia

बुधबार बिहानै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी तथा प्रदेश कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै पोखरामा जुनसुकै पनि हालतमा कांग्रेसले नेतृत्व नछाड्ने अडानमा महानगर समिति छ । बिहान तालाबन्दीपछि महानगर समितिले ३३ वटै वडाका सभापति र नगर कार्यसमितिको बैठक बसी कांग्रेसबाट पोखराको मेयरमा आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा पठाउने निर्णय गरेको छ ।

महानगरका सहसचिव सञ्जय आलेकाअनुसार नेपाली कांग्रेस महानगर समिति गठबन्धनको विपक्षमा नरहेको तर नेतृत्व पाउनुपर्ने अडान कायमै रहेको छ ।

Royal Enfield Island Ad

“हामी गठबन्धनको विरोधमा होइनौँ, तर नेतृत्व हाम्रै हुनुपर्छ भन्नेमा कांग्रेस पोखरा महानगर कार्यसमिति अडिग छ,” उनले भने ।

गत आइतबार मात्रै पोखरा कांग्रेसले मेयर र उपमेयरमा इच्छुकका लागि आवेदन खुलाएको थियो । आइतबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकेर खुलाइएको आवेदनमा मेयरमा १८ जना र उपमेयरमा १० जनाले नाम दर्ता गरेका थिए ।

ती सबैको नाम जिल्ला र प्रदेश समितिमा पठाउने निर्णय भएको उनले बताए ।

आलेले भने, “आवेदन भरेका सबैको नाम जिल्ला तथा प्रदेशमा पठाउने र ताला खोल्ने निर्णय भएको छ ।”

मेयरका आकांक्षी १८ जना
कांग्रेस पोखरा महानगर समितिकाअनुसार मेयरमा गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आवेदन दर्ता गराएका छन् । पूर्वसचिव बाबुराम आचार्यदेखि कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाटको पनि मेयरमा आवेदन परेको छ ।

व्यवसायी पृष्ठभूमिबाट किरन केसी, गणेशबहादुर भट्टराई, विश्वशंकर पालिखेको पनि मेयरका लागि आवेदन परेको छ ।

यी हुन् पोखराको मेयरमा कांग्रेसका आकांक्षी
१. सुदिपमोहन भट्टराई
२. परमेश्वर पोखरेल
३.निर्मल प्रसाद कर्माचार्य
४. कृष्ण बहादुर केसी
५. बाबुराम आचार्य
६. सरास्वती गुरुङ्
७. नन्द प्रसाद तिवारी
८. गंगाधर पराजुली
९. विरेन्द्र नारायण विजुक्छे
१०.विश्वशंकर पालिखे
११. किशोरदत्त बराल
१२. विन्दुकुमार थापा
१३. बाबुराम गिरी
१४. गणेश बहादुर भट्टराई
१५. कोपिला रानाभाट
१६. किरण के.सी.
१७. विश्व घिमिरे
१८. ऋषि सापकोटा

उपमेयरमा १० जना आकांक्षी
१. माया बराल कार्की क्षेत्री
२.लक्ष्मी पाण्डे क्षेत्री
३. रंगिला आचार्य
४.आनन्दी राणा कार्की
५. टिका कुमारी गुरुङ
६. दिपक मल्ल
७. मिलन थापा
८. चिनु गुरुङ
९. शिव केसी
१०. गोविन्द नेपाली

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro