site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की कांग्रेसको विज्ञप्ति रणनीति : केन्द्रलाई दबाब दिने, पोखरा नछाड्ने
SkywellSkywell

‍पोखरा । सत्ता गठबन्धनका पाँच दलबीच कास्कीका पालिका बाँडफाँटबारे छलफल चलिरहँदा सोमबार कास्की कांग्रेसका सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटको हस्ताक्षरमा एक विज्ञप्ति आयो । जहाँ नेकपा (एकीकृत) समाजवादीले अस्वाभाविक दाबी गरेको भन्दै अगाडि बढ्न नसकेको र मित्रवत प्रतिष्पर्धा गरिने उल्लेख गरिएको छ ।

केन्द्रमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा एकीकृत समाजवादीले कुनै पनि हालतमा पोखरा नछाड्ने दाबी गरिरहेको छ । पोखरा एकीकृत समाजवादीले पाउने हल्ला चल्नासाथ गत हप्ता कास्कीको टोली काठमाडौं गएर कांग्रेस पदाधिकारीलाई भेटेर कांग्रेसले प्रमुख नपाए चुनाव हारिने र त्यसको परिणाम केन्द्रले भोग्नुपर्ने चेतावनी दिएर आएको थियो ।

तर पनि, गठबन्धन बाँडफाँटको विषयमा केन्द्रित रहेर बसेको बैठकमा पेस भएको ड्राफ्टअनुसार पोखरा एकीकृत समाजवादीलाई नै दिने प्रस्ताव आएको छ । सोही प्रस्तावलाई लिएर कास्की कांग्रेस सभापति किशोरदत्त बरालले रामचन्द्र पौडेललाई फोन गरेर पुनः चुनावको परिणाम उल्टो आउने र एकीकृत समाजवादीलाई बोकेर कांग्रेसले चुनाव जिताउन नसकिने जानकारी गराए ।

KFC Island Ad
NIC Asia

आइतबार बिहान नै ११ बजेतिर कांग्रेसबाट पोखरामा मेयरका १८ जना आकांक्षीलाई कांग्रेस महानगर समितिले परिचयात्मक कार्यक्रमका लागि बोलायो । त्यो कार्यक्रम चल्दाचल्दै फेरि एकपटक पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय भइसकेको भन्ने हल्ला फैलियो ।

त्यो अपुष्ट खबरको स्रोतका लागि नेताहरूले फोन घुमाए ।

Royal Enfield Island Ad

अन्तिममा रामचन्द्र पौडेलले नै कास्की सभापति बराललाई फोन गरेर भने, “कुनै टुंगो लागेको छैन । तपाईंहरू नआत्तिनुहोस् ।”

त्यसपछि गठबन्धनको बैठकमा सहभागी हुन गएका बराल बैठक सुरु नहुँदै उनकै सचिव भानु ढकालले कास्कीमा एकीकृत समाजवादीसँगको तालमेलको सम्भावना सकिएको भन्दै सामाजिक सञ्जालमा लेखे । त्यसको केही बेरमा विज्ञप्ति नै आयो ।

विज्ञप्तिमा अस्वाभाविक दाबीका कारण एकीकृत समाजवादीसँगको तालमेल सकिएको भनिए पनि खासमा एकीकृत समाजवादीलाई पोखरा नदिनकै लागि केन्द्रलाई दबाब दिन कास्की कांग्रेसले विज्ञप्ति रणनीति प्रयोग गरेको हो ।

एकीकृत समाजवादीले कांग्रेससहित गठबन्धनको बैठकमा आफूहरूको मतलाई कम नआक्न दाबी गर्दै आएको छ । झन्डै १८ हजारको मतसंख्या विवरणसहित तयार पारेको समाजवादीको दाबी छ ।

तर, कांग्रेससहितका अन्य दलले त्यसलाई पत्याउँदैनन् ।

“हामीले उनीहरूले पेस गरेको विवरण क्रस चेक गरेका छौँ । त्यो फेक डाटा हो, उनीहरूको जनमत नघटोस् भनेर मात्रै हामीले नभनेका हौँ, बढीमा उनीहरूको मत चाहिँ पाँच हजार नै होला,” एक नेताले भने ।

केन्द्रमा पनि कांग्रेसले समाजवादीले पेस गरेको मतसंख्या झुट रहेको ब्रिफिङ गरेको छ ।

फेक मतदाता देखाएर र समाजवादीलाई टिकट दिएर कांग्रेसले चुनाव जिताउन नसक्ने हुँदा मेयरको टुंगो नलाग्दै कास्की कांग्रेसले तालमेल नगर्ने निर्णय गरेको हो ।

गठबन्धनको बैठकमा पनि कांग्रेसले अन्य दललाई 'भकारीबाट डालोमा खनाउँदा पोखिन्छ' भन्ने जवाफ दिएर पोखरामा कांग्रेसकै नेतत्वमा चुनावमा जानुपर्ने अडान लिएको छ ।

कास्की कांग्रेस सचिव भानु ढकालले अब गठबन्धनको बैठक मेयर कसले पाउने भागबण्डा सकिए पछि मात्रै बस्ने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro