पोखरा । पोखराको मेयर कुनै हालतमा नछाड्ने भन्दै केन्द्रमा दबाब बनाइराखेको नेकपा एकीकृत समाजवादीसँग कांग्रेसको तालमेल टुटेको छ ।
केन्द्रमा स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा पोखराको मेयरमा समाजवादीले दाबी छाडेको छैन ।
केन्द्रको बैठक निष्कर्षविहीन हुँदा पोखरामा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्लाएक्लै हिँड्ने निर्णय गरेको हो ।
कास्की कांग्रेस सचिव भानु ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “मित्रवत् प्रतिस्पर्धा गरौँ । कास्की जिल्लाको गठबन्धन दलबाट एकीकृत समाजवादी पार्टीसँग सँगसँगै अगाडि बढ्न सकिएन । त्यसकारण यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मित्रवत् प्रतिष्पर्धा गर्न नेपाली कांग्रेस कास्कीको अपिल !” लेखेका छन् ।
यता, नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले गठबन्धनको बैठक बसिरहेको र कुनै निर्णय नभएको जानकारी दिए ।