काठमाडौं । अहिले सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गरेर जाने भन्ने विषयमा विवाद कायमै छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा माओवादीले भरतपुर महानगरपालिकासहित दुई उपमहानगरमा दाबी छाडेन भने नेकपा एकीकृत समाजवादीले पनि यसअघि एमालेले जित हासिल गरेका तहमा आफूहरुले प्रमुख पाउनुपर्ने त्यो अवस्था नभए सम्मानजनक अवस्थामा हुनुपर्ने, जनता समाजवादी पार्टीले पहिले वीरगन्ज महानगरपालिका आफूहरुले पाउने निश्चित भएपछिमात्रै अन्य महानगरका विषयमा छलफल गर्ने अडान राखेपछि कांग्रेसका नेताहरु केही आक्रोशित देखिएका थिए ।
कांग्रेस महामन्त्री गगन थापाले अहिले आफूहरुले कुनै पनि महानगरको नेतृत्व दिने अवस्था नरहेको भन्दै दाबी नगर्न आग्रह गरेका थिए ।
तल्लो तहबाट आएका रिपोर्ट र दबाबलाई आफूहरुले सम्हाल्न नसक्ने अवस्था रहेको भन्दै महानगरको नेतृत्व दाबी नगर्न आग्रह गरेका थिए ।
बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार एक्लाएक्लै जाँदा सबै महानगरमा गठबन्धनमा रहेका दलहरुमध्ये सबैभन्दा बलियो कांग्रेस रहेकाले नेतृत्वमा दाबी नगर्न उनको आग्रह थियो । उनको आग्रहपछि नेता रामचन्द्र पौडेलले पनि माथिबाट निर्णय गर्दा तल विद्रोह हुन सक्ने भन्दै अहिलेलाई नेतृत्वमा दाबी नगर्न आग्रह गरेका थिए ।
दलहरुबीच यस्तो विवाद भइरहेका बेला हेरौँ अघिल्लो चुनावमा कुन महानगरमा कुन दलका को नेताले कति मत प्राप्त गरेका थिए त ?
काठमाडौं महानगरपालिका
प्रमुख
एमालेका विद्यासुन्दर शाक्य – ६४,९१३
कांग्रेसका राजुराज जोशी– ४५, २६९
माओवादीका सर्वोत्तम दास डंगोल – ७,९०६
विवेकशील नेपाली दलकी रन्जु दर्शना न्यौपाने – २३,४३९
साझा पार्टीका किशोर थापा १८,४९३६
अन्य स्वतन्त्रसहित – ७, २६३
उपप्रमुख
नेपाली कांग्रेसकी हरिप्रभा खड्गी – ५८, ९५२
माओवादी सुशीलाकुमारी पौडेल – १०,४४८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजाराम श्रेष्ठ– ३४,८५४
अन्य– १६,५०९
ललितपुर महानगरपालिका
प्रमुख
कांग्रेसका चिरीबाबु महर्जन – २४, ६४२
एमालेका हरिकृष्ण व्यञ्जनकार – २३,३१६
माओवादीका दिनेश महर्जन – १०,६६१
अन्य (स्वतन्त्रसहित) – १५,४९५
उपप्रमुख
कांग्रेसकी गीता सत्याल – १९,८१९
माओवादीका हसिना शाक्य – १२,९७९
राप्रपाका बाबुकाजी प्रधान – १०, ५४०
अन्य – १६,४७१
भरतपुर महानगरपालिका
प्रमुख
माओवादीकी रेणु दाहाल – ४३, १२७
एमालेका देवीप्रसाद ज्ञवाली – ४२,९२४
राप्रपाका बद्रीनाथ तिमल्सिना – ६,८४२
अन्य – १,८४९
उपप्रमुख
कांग्रेसकी पार्वतीशाही ठकुरी– ४७, १९७
एमालेका दिव्या शर्मा – ३९,५२५
राप्रपाकी रिना गुरुङ – ७,२५२
अन्य– १२२६
पोखरा महानगरपालिका
प्रमुख
एमालेका मानबहादुर जिसी – ६०,११८
कांग्रेसका रामजी कुँवर – ४६,४१६
राप्रपाका गिता गुरुङ – २,२७२
संघीय समाजवादी फोरम नेपालका हुमबहादुर गुरुङ – ३,१७०
अन्य – १, २६७
उपप्रमुख
एमालेकी मञ्जुदेवी गुरुङ – ५६,४४८
माओवादीकी गोमा ढकाल – ८,७९६
राप्रपाकी रमेशबहादुर खत्री – २, ८४०
अन्य – ४,४७५
विराटनगर महानगरपालिका
प्रमुख
कांग्रेसका भीम पराजुली – २३, ०३१
एमालेका विनोदप्रसाद ढकाल – १७, ३२१
संघीय समाजवादी फोरम– उमेशकुमार यादव– १४,९५८
राप्रपा – ५,५२४
अन्य (स्वतन्त्रसहित) – ४३६
उपप्रमुख
कांग्रेसकी इन्दिरा कार्की– २०,१४६
माओवादीकी नमिता न्यौपाने – ११,५२४
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी – सूची चौधरी – १०,५३६
राप्रपाकी शोभा श्रेष्ठ – ४१०२
अन्य (स्वतन्त्रसहित) – ७०१
वीरगन्ज महानगरपालिका
प्रमुख
संघीय समाजवादी फोरम (हाल एमाले) विजयकुमार सरावगी– १९,३९३
कांग्रेसका अजयकुमार द्धिवेदी– १९, १९७
राप्रपाका राजेशमान सिंह– १२,१५६
नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तव – ८,७०१
एमालेका वसरुद्धिन अन्सारी– ८,६८८
माओवादीका रहवर अन्सारी– ८,३०५
अन्य – ६८५
उपप्रमुख
कांग्रेसकी शान्ति कार्की – १९,६०७
संघीय समाजवादी फोरमकी पिंकी देवी यादव – १८,५३०
राष्ट्रिय जनता पार्टी नेपालकी रम्भा मिश्र – १०, ६६३
एमालेकी सोफिया आचार्य – १०, ३४१
नेपाल लोकतान्त्रिक फोरमकी रिकु यादव – ७५, ८६
माओवादी – दुर्गा क्षेत्री – ५,०२८
अन्य– ४९९