site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा मिलाउन सकस देखेपछि देउवाले सम्झिए ‘लेखनाथ नगरपालिका’
SkywellSkywell

पोखरा । पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत कास्कीको विजयपुर खोला तरेपछि छुट्टै स्थानीय निकायको रुपमा रहेको लेखनाथ नगरपालिका अहिले अस्तित्वमा छैन । विसं २०५३ सालमा नगरपालिका घोषित यो तल्लो निकायको अस्तित्व २०७३ सालमा बनेका स्थानीय तहले मेटिदिए । २०७३ साल फागुन २७ गते लेखनाथ नगरपालिका पोखरा उपमहानगरपालिकासँग गाभिएर पोखरा–लेखनाथ महानगरपालिकामा रुपान्तरण भयो ।

यता, २०५२ साल माघ १८ गते घोषणा भएको पोखरा उपमहानगरपालिका लेखनाथसँग गाभिएर आफ्नो क्षेत्रफल २२५.५६ वर्ग किलोमिटरबाट ४६४.२४ वर्ग किमी सम्म पुर्यायो । त्यसबाहेक, मौजा गाउँ विकास समिति, चापाकोट, भदौरे तमानीका (३ र ९ नं. वडा), कास्कीकोट माझठाना (१, ४ र ९), कालिका (१ र ५) र पुरन्चौर गाउँ विकास समिति मिसिएर ३३ वडा सहितको पोखरा–लेखनाथ महानगरपालिका बनेको थियो ।

क्षेत्रफलको आधारमा देशकै ठूलो महानगरपालिका बनेको पोखरा–लेखनाथ महानगरपालिका दुई वर्षसम्म सोही रुपमा नै रह्यो । कार्यालयको बोर्डदेखि वेवसाइटसम्म पोखरा–लेखनाथ महानगरपालिका लेखिए । छोटकरीमा पोखरा–लेखनाथ महानगरलाई ‘पोले’ शब्दमा उच्चारण गर्न थालियो । त्यसको दुई वर्षपछि पोखरा–लेखनाथ नामबाट लेखनाथ झिकेर पोखरामात्र राख्ने निर्णय २०७५ साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले गर्यो ।

KFC Island Ad
NIC Asia

संघीय सरकारको उक्त निर्णयपछि विधिवत रुपमा नै लेखनाथको नाम हट्यो । यसरी स्थापनाको दुई दशकपश्चात कविशिरोमणि लेखनाथ पौडेलको नामबाट राखिएको ‘लेखनाथ शब्द’ स्थानीय सरकारको शब्दकोषमा हराउन पुग्यो । लेखनाथ, पोखरा बन्यो । पोखरा गण्डकीकै एकमात्र महानगर बन्यो ।

त्यही पोखरा महानगरपालिका यतिबेला फेरि चुनावी चर्चाको केन्द्रमा छ । २०७४ वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा तत्कालीन पोखरा–लेखनाथ महाानगरपालिकामा एमाले विजयी भएको थियो । कांग्रेस माओवादी गठबन्धनका उमेदवारलाई एमालेका मानबहादुर जिसीले १३ हजार ७०२ मतान्तरले पराजित गरेको थिए ।

Royal Enfield Island Ad

जिसीको पाँचवर्षे कार्यकाल सकिनै लाग्दा यतिबेला चुनावी सरगर्मी व्यापक बनेको छ । पोखरा महानगरपालिका एमालेबाट खोसेर आफूले नेतृत्व लिन गबठन्धन बनेको छ । ०७४ को मतभारको आधारमा दोस्रो बनेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन बनेको छ । यी तीनै दलका नेताहरु गठबन्धन बनाएर चुनावमा जानेमा एकमत छन् । तर, नेतृत्वमा लिने विषयमा चाहिँ तीन दल तीनतिर फर्केका छन् ।

महानगरको विषयमा केन्द्रले निर्णय गर्ने हुँदा जिल्लामा रस्साकस्सी त छ नै, त्योभन्दा पनि ठूलो अन्योल छ । केन्द्रीय गठबन्धन नेतृत्वले नै महानगरको भागबण्डा गर्ने चर्चा चलिरहँदा गत हप्ता पोखरा महानगरपालिका चाहिँ समाजवादीको भागमा पर्ने हल्ला फैलियो । ‘भित्री सहमति अनुसार पोखरा, एकीकृत समाजवादीको भागमा पर्ने’ खबर सुनेर कास्की कांग्रेसको टोली काठमाडौं नै पुग्यो ।

नेतृत्व छाड्न नहुने, छाडेको खण्डमा विद्रोह हुने, केन्द्रको निर्णय कार्यान्वयन गराउन नसकिने, प्रदेश राजधानीको महानगर भएको हुँदा त्यसको संवेदनशीलता बुझ्नुपर्ने भन्दै कास्कीबाट पुगेको टोलीले सभापति शेरबहादुर देउवासहित उपसभापति, महामन्त्रीलगायत टोलीलाई भेट्यो ।

पदाधिकारी भेटमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले आफूहरुसँग ६० हजारभन्दा बढि मत रहेको र एकीकृत समाजवादीसँग बढिमा ५ हजार मत रहेको जानकारी गराए । त्यही मतलाई देखाएर, ‘डालोको मत मानोमा खन्याउँदा पोखिने’ जानकारी देउवालाई उक्त टोलीले गरायो ।

यता, आफूहरुसँग १८ हजार मत रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै ८३ पेजको विवरण बुझाएको कांग्रेसका अर्का पदाधिकारीले सोही भेटमा बताए ।

“माधव नेपालजीले ८३ पेजको डाटा देखाएर, हामीलाई कम आँक्ने, हेप्ने ? भन्दै प्रस्तुत हुनुभयो, उहाँको प्रस्तुति (पोखरा) लिएरै छाड्ने खालको छ,” ती पदाधिकारीले कांस्की कांग्रेस टोलीलाई जानकारी गराए ।

माधव नेपालको उक्त कुरा पहिल्यै सुनेका देउवाले कास्कीको टोलीको कुरालाई सुने र हल्का जवाफ दिए, “थाहा छ, थाहा छ, सबै थाहा छ ।”

उनले त्यतिमात्र भनेनन्, अघिल्लोपटक माओवादीसँग गठबन्धन भएर पनि हारेको भन्दै कास्कीको टोलीले मतदाता बढेको र एक्लै लडे पनि जित्न सकिन्छ भनेर गरेको रिपोर्टमाथि अविश्वास देखाए । सानो दललाई नेतृत्व बनाउँदा चुनाव हारिने र त्यसको जस नलिने कास्कीको भनाइ सुनेपछि देउवाले प्रश्न गरे, “साझा उमेदवार बनाएर ल्याउन सक्छौ ?”

कास्कीमा पहिलेजस्तो अन्तर्घात नहुने, मतदाता संख्या बढेको र संगठन पहिलेको तुलनामा बलियो रहेको जानकारी गराउँदै कास्कीको टोलीले पोखरा कुनै हालतमा छाड्न नहुने अडान देउवासामु राख्यो ।

त्यसपछि देउवाले भने, “लेखनाथलाई किन पोखरामा मिसाएको ?”

राज्य पुर्नसंरचना गर्दा लेखनाथलाई छुट्टै उपमहानगर बनाउन सकिने र अहिलेको गठबन्धनलाई व्यवस्थापन गर्न सकिने तर त्यतिबेला कास्कीकै कांग्रेसले बुद्धि नपुर्याएको भन्दै उनले कास्कीको टोलीलाई जवाफ फर्काए ।

अहिलेको गठबन्धनलाई देखाएर देउवाले कास्कीको टोलीमाथि लेखनाथलाई देखाएर प्रतिप्रश्न गर्दै नाजवाफ बनाएर फर्काए । महानगरको विषयमा कुनै छलफल नै नभएको र त्यो कुरा लिएर नआउन निर्देशन पनि दिए ।

पोखराको नेतृत्व एकीकृत समाजवादीलाई नै जाने संकेत !


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro