अर्थ व्यवसाय
काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को योजना सार्वजनिक गरेको छ । निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले १ वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिने पनि जनाइएको छ । समग्रमा ४लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसनउपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना सुरु भएको र आगामी बैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८ ११:४२
प्रतिक्रिया दिनुहोस्