site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुभवी नेतृत्व र युवा जोस दुवै कांग्रेसमा छ : विश्वप्रकाश शर्मा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट नै समाज कस्तो बनाउने र कस्तो नेतृत्व ल्याउने भन्ने तय हुने बताएका छन् । उनले आगामी चुनावमा भाग लिन सर्वसाधारणलाई आह्वान पनि गरेका छन् ।

मोरङको बेलबारीमा आज आयोजित सभामा बोल्दै शर्माले भने, “घर घरमा गएका सबैले निर्वाचनमा भाग लिन जानुपर्छ । यो अवसरलाई राजनीतिक दलले भन्दा जनताले बढी उपयोग गर्नुपर्छ । निर्वाचनमा सहभागी हुनुपर्छ । समाज कस्तो बनाउन चाहन्छौँ भन्ने प्रश्न छ ? दल कस्तो बनाउन चाहन्छौँ भन्ने छ ? समाज बस्तो बनाउने भन्ने विषय पनि चुनावले निर्क्यौल गर्दछ त्यसैले भाग लिनुपर्दछ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

शर्माले शान्ति दुई प्रकृतिको हुने र एउटा घरमूलीले सबैलाई ठिक पारेर राखेको अनि अर्कोमा खुला शान्ति हुन सक्ने स्पष्ट गरे । 

अबको चुनावबाट कांग्रेस पहिलो शक्तिको रूपमा  स्थापित हुने दाबी गर्दै शर्माले कांग्रेस नेतृत्वको पंक्ति विविधतायुक्त भएको सुनाए । 

Royal Enfield Island Ad

“हेर्दा अन्य दलभन्दा शेरबहादुर देउवा नै उमेरमा जेठो नेतृत्व भएकाले युवालाई काम नलाग्नु होला भन्ने लाग्ला तर महामन्त्री जस्तो प्रतिस्पर्धी पदमा युवा पुस्ताको खोज्नु पर्दा त्यहाँ देखिन्छ,” शर्माले भने,“अनुभवी नेतृत्वपङ्ति र युवा जोस दुवै कांग्रेसमा छ ।”

उनले पाकाले विश्वास गर्नुपरे पाका नेता र युवाले गर्नुपर्ने युवा नेतृत्व कांग्रेसमा रहेको बताए । उनले भने, “समाज किन बद्लिएन ? अर्थतन्त्र किन कमजोर भएको छ ? बजारमा किन महँगी बढेको छ ? जनताका छोराछोरी किन विदेशिनु परेको छ ? किन यो देशका युवामा नविन आशा भर्न सकिएको छैन ? यस्ता प्रश्नको उत्तर खोज्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro