site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिदेशीय शृंखला : आजको खेल जिते नेपाल फाइनलमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

जारी शृंखलामा पीएनजीविरुद्ध नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो । पीएनजीले शृंखलामा दुई खेल खेलेको छ । दुबै खेलमा पराजित भएको छ । पीएनजी मलेसियाविरुद्धको दोस्रो खेलमा पनि आठ रनले पराजित भएको थियो । 

नेपाल भने यसअघि खेलेका दुबै खेल जितेको छ । नेपालले मलेसियालाई ६ विकेट पराजित गरेको थियो । आजको खेल जितेमा नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाउनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पीएनजी अंकबिहीन छ । मलेसियाले दुई अंक जोड्दा नेपालले चार अंक जोडेको छ । 

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पीएनजीले दुई पटक प्रतिस्पर्धा गरेका छन् । दुईमध्ये एक खेल नेपालले जितेको छ भने अर्को खेलमा पीएनजी विजयी भएको छ । 

Royal Enfield Island Ad

५०औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल

कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः३० बजे हुने खेल नेपालको ५०औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल हो । नेपालले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट बंगलादेशमा सम्पन्न २०१४ को विश्वकपमा खेलेको थियो । हङ्कङविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ८० रनले विजयी भएको थियो । 

पहिलो खेलको टिममा रहेका सोमपाल कामी आज पीएनजीको खेलमा पनि हुनेछन् । 

नेपालले अहिलेसम्म खेलेका ४९ मध्ये २७ खेलमा विजय हासिल गरेको छ । नेपालले सबैभन्दा धेरै खेल नेदरल्यान्ड्सविरुद्ध खेलेको छ । नेदरल्यान्ड्सविरुद्ध ९ मध्ये चार खेल जितेको छ भने चार खेल हारेको छ । एक खेल नतिजाबिहीन बनेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro