site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुरक्षा ग्यारेन्टी भए तटस्थ नीति अबलम्वन गर्न तयार छौँ : जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँगको शान्ति सम्झौताका लागि तटस्थ नीति अबलम्वन गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् । 

रुसी स्वतन्त्र पत्रकारहरूलाई अन्तर्वार्ता दिनेक्रममा उनले यस्तो कुनै सम्झौताका लागि युक्रेनमा जनमत संग्रह गर्नुपर्ने स्थिति आउनसक्ने पनि बताएका छन् । उनले यसअघि पनि यस्तै प्रतिक्रियाहरू दिइसकेका छन् । तर, यसपालि उनले अलि सशक्त ढंगले अभिव्यक्ति दिएका छन् । 

Dabur Nepal

यसै साता टर्कीमा रुस र युक्रेनबीच फेरि वार्ता हुँदै छ । भिडियो कन्फरेन्समार्फत दिइएको नब्बे मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, “सुरुक्षाको ग्यारेन्टी र तटस्थता, हाम्रो मुलकको गैरआणविक स्थितिका लागि हामी यो कुरा स्वीकार गर्न तयार छौँ । यो सबैभन्दा महत्वपूर्ण विन्दु हो "

तटस्थको अर्थ कुनै पनि मुलुक सैन्य रूपमा कुनै अन्य समूहमा समाहित नहुनु हो ।

यसैगरी जेलेन्स्कीले कुनै पनि सम्भावित सम्झौताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग साक्षात्कार वार्ता र युक्रेनमाथि कुनै पनि आक्रमण नहुने प्रभावकारी सुरक्षा ग्यारेन्टीको आवश्यकता हुने बताएका छन् ।

अन्तर्वार्ताभरि नै रुसी भाषा बोलेका उनले रुसी आक्रमणका कारण युक्रेनका रुसी भाषी सहरहरू ध्वस्त भइरहेको पनि औँल्याएका छन् । अन्त्यमा उनले युक्रेनले यथासम्व चाँडो 'शान्ति' चाहेको बताएका छन् । 

लामो समयदेखि पुटिनले युक्रेनको तटस्थता र यसले नेटोको सैनिक गठबन्धनमा प्रवेश नगर्ने ग्यारेन्टीको माग गर्दै आएका छन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro