site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगातार चौथो दिन पनि घट्यो नेप्से, पुँजी वृद्धिले पनि तानेन बिमा कम्पनीमा आकर्षण
SkywellSkywell

काठमाडौं ।  लगातार चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।  साताको दोस्रो कारोबार दिन सोमबार  सेयर जबार परिसूचक नेप्से १.१७ प्रतिशतले गिरावट  भएको छ ।

सोमबार सुरुआती समयको उताचढावको बाबजुत २९.९८ अंकले घटेर नेप्से २५४२.२८ अंकमा बन्द भएको छ । कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब हाराहारी रहेको कारोबार रकम आज २ अर्ब  ५५ करोडमा झरेको छ ।
 
बजार परिसूचकसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ । गत शुक्रबार बिमा समितिले बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी साढे २ गुणाले बढाउने निर्णय गरेसँगै  आइतबार बिमा कम्पनीको कारोबारमा आकर्षण देखिएको थियो । नेप्सेमा गिरावट हुँदा पनि निर्जीवन बिमा कम्पनी उपसूचक भने  बढेको  थियो । तर, आज भने बजारमा व्यापार र वित्त कम्पनी उपसूचकपछि धेरै घट्नेमा जीवन बिमा र त्यसपछि अन्य उपसूचक छन् । निर्जीवन बिमा उपसूचक धेरै कट्नेमा परेको छ । यी पाँचवटै उपसूचकमा २ प्रतिशतभन्दा माथिले गिरावट भएको छ ।
 
आज बजारमा कारोबार रकममा जीवन विकास लघुवित्त कम्पनीले लिड गरेको छ । कम्पनीको २२ करोडको कारोबार हुँदा अपी पावरको ९ करोड र हिमालयन  डिस्टिलरीको ६ करोडको कारोबार भएको छ । 

Dabur Nepal
NIC Asia

आज बजारमा १९३ कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य घटेको छ भने २१ कम्पनीको बढेको छ । ५ कम्पनीको स्थिर छ । 

आज कारोबार भएकोमध्ये राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेस्डो समृद्धि लघुवित्तको ६.१ प्रतिशत र ङ्यादी ग्रुप पारवरको सेयरमूल्य २.२९ प्रतिशतले बढेको छ ।

यता आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक ४.८२ प्रतिशतले गिरावट हुँदा सानिमा लाइफको ४.५२ प्रतिशत र ज्योति लाइफको सेयरमूल्यमा ४.४५ प्रतिशतले गिरावट भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro