अर्थ व्यवसाय
काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।
हेमोडायलासिस मेसिनहरू प्रदान गर्ने गरी बैंकले अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ १५:०५
प्रतिक्रिया दिनुहोस्