site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आजबाट बिक्री खुला 
SkywellSkywell

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । 

सार्वजनिक निष्कासन गरेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

Dabur Nepal
NIC Asia

कम्पनीको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म भर्न सकिनेछ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।  

कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब १२ करोड पुग्नेछ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

आयोजनको अनजुमानित लागत १२ अर्ब ८ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ छ । आयोजनको प्रतिमेगावाट लागत २३ करोड ५ लाख अनुमान गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro