site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाश सपूतले ‘पिर’को विवादित दृश्य हटाए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गायक प्रकाश सपूतले आफ्ना नयाँ गीत ‘पिर’को भिडियोको विवादित दृश्य हटाएका छन् । तत्कालीन माओवादी जनयुद्धका महिला लडाकु हाल यौन पेशा गर्न बाध्य भएको दृश्य भिडियोबाट हटाइएको छ । 

माओवादीका केही नेता, कार्यकर्ता तथा संगठनहरूले आलोचना गरेपछि उनले भिडियोबाट उक्त दृश्य हटाएका हुन् । यद्यपि, उनले आफूलाई कसैको दबाब वा धम्की आएका कारण भने नहटाएको स्पष्ट पारेका छन् । नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो देखिएकाले उक्त दृश्य हटाउनु परेको उनले स्पष्ट पारेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सम्बन्धित पक्षको आत्मसम्मानमा ठेस पुगेको र उक्त दृश्यका कारण गीत र भिडियोका अन्य पक्ष छायामा पर्ने अवस्था आएका कारण विवादित दृश्य हटाइएको प्रकाशले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् । सम्पादित भिडियो पुनः अपलोड गरिएको छ । 

“पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको र सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ,” उनले भनेका छन्, “सिर्जना गर्दा  अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने की सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो  बहस हुन जरुरी छ ।”

Royal Enfield Island Ad

सात दिनसम्म युट्युबको ट्रेन्डिङ एकमा रहेको गीतको भिडियो एक सातामा एक करोडभन्दा धेरै पटक हेरिसकिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro