site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वसन्तपुरमा मेयरको निर्देशनमा बनाइएका संरचना उपमेयरले भत्काइन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको समूहले भत्काएको छ ।

नेपालको झन्डा राख्न बनाइएको संरचना उपमेयर खड्गीको नेतृत्वमा पुगेको समूहले भत्काइदिएको छ ।  

मंगलबार बिहानै अनुगमनमा वसन्तपुुर डबली पुगेकी खड्गीले तत्काल कंक्रिट संरचना नभत्काए मेयरसँग लफडा हुने चेतावनी दिएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेयर शाक्यलाई दुईतीन दिनदेखि सम्पर्क गर्न खोेजेको तर मोबाइल अफ भएको बताइन् । 

अहिले साँझ उपमेयर खड्गीको संयोजकत्वमा पुरातत्व विभाग मातहत हनुमानढोका दरबार हेरचाह अड्डाले झन्डा राख्न गाडिने पोलहरु अड्याउन प्रयोग गरिने फलामका नटहरु काटिदिएको छ ।

Global Ime bank

पुरातत्व विभागको रोक्का पत्रलाई पटक–पटक बेवास्ता गर्दै महानगरले वसन्तपुर डबली भत्काएर नयाँ कंक्रिट संरचना निर्माण गरेको थियो । 

आठवटा ३५ फिट अग्लो झन्डा राख्ने प्रयोजनले महानगरले डबली मासेर रातारात ट्यांकी आकारका ८ वटा संरचना बनाएका थियो । 

पुरातत्व विभागसँग समन्वय नगरी डबली भत्काएर महानगरले मनपरी ढंगबाट संरचना निर्माण गरेको भन्दै विभागले उक्त काम तत्काल रोकेर समन्वय गर्न गत फागुन ६ गते महानगरलाई पत्र काटेको थियो । 

महानगरले उक्त पत्रलाई बेवास्ता गरि नयाँ संरचना बनाएपछि पुरातत्वले पुनः सोमबार अर्को रोक्कापत्र जारी गरेको थियो ।

बिहान उपमेयर खड्गी र पुरातत्वको टोली अनुगमन र निरीक्षणका लागि वसन्तपुर पुगेको थियो । 

सोमबार पुरातत्वले रोक्का पत्र जारी गरेपछि साँझ महानगरको टोली पुनः संरचना निर्माणलाई अघि बढाउने भन्दै बसन्तपुर डबलीमा पुगेको थियो । 

सोही समयमा स्थानीय र सम्पदा संरक्षण अभियन्ताहरुले महानगरका निर्माण व्यवसायीलगायतको टोलीलाई लखेटेको थियो ।

केही समय झडप हुने स्थिति पनि सिर्जना भएको थियो । उक्त स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा झन्डा राखिएको नभई कंक्रिट संरचनासँग सरोकार रहेको बताइन् । 

‘‘विश्व सम्पदामा कंक्रिट संरचना बनाउनु राम्रो होइन । यो सरासर गलत हो । मेयरले कंक्रिट संरचना बनाउँदा मलाई थाहा दिनुभएको थिएन । अहिले मैले भत्काउँदा पनि मेयरलाई थाहा दिएको छैन । अब मेयर र उपमेयरबीचको सम्बन्ध परिस्थितिले देखाउँछ,” उनले भनिन् । 

कमलपोखरीमा मेयरले कंक्रिट संरचना बनाउँदा आफूले स्ट्याण्ड लिएर पुरानै शैलीमा फर्काएको सन्दर्भ पनि जोडिन् । 

‘‘वसन्तपुर क्षेत्र नेपालको मात्रै सम्पदा नभएर विश्वको सम्पदा हो । यो सम्पदालाई सबैले संरक्षण गर्नुपर्छ । झन्डा गाडेर राष्ट्रवाद हुने भए प्रत्येक घरघरमा झन्डा गाडौँ । तैपनि कुरा झन्डाको होइन । कंक्रिट संरचनाको हो,” उपमेयर खड्गीले भनिन् । 

उपमेयर खड्गीको कदमलाई स्थानीयले प्रशंसा पनि गरेका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गी नेपाली कांङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन । भने मेयर विद्यासुन्दर शाक्य नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

‘‘मेरो अधिकार क्षेत्र मेयरको भन्दा कम हुन्छ । मलाई जनताले भोट दिएर उपमेयर बनाएका हुन् । त्यसैले जनविरोधि काममा स्ट्यान्ड लिएकी हुँ । लिँदै आएकी पनि छु,” उपमेयर खड्गीले भनिन् । 

वसन्तपुर दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीको ‘खतराको सूचीमा’ राख्न वर्ल्ड हेरिटेज कमिटीबाट पटक–पटक प्रस्ताव राख्दै आएको छ । नेपाल सरकारले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ ।

महानगर सहरी पूर्वाधार विकास विभागले ७० लाख रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा राष्ट्रिय झन्डा राख्ने प्रयोजन अनुरुप वसन्तपुर डबलीमा नयाँ संरचना बनाएको थियो ।

तस्बिर ः हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement