site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा चैत २७ देखि सवारी आवागमन आंशिक बन्द गरिने
फाइल तस्बिर ।

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन आंशिक बन्द गरिने भएको छ । स्तरोन्नतिको कार्य भइरहेको सो खण्डमा आवश्यक मर्मतसम्भार र निर्माण कार्य गर्न सवारी आवागमन बन्द गरिन लागेको हो ।

पहिलो चरणमा चैत २७ देखि ३१ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग आयोजना निर्देशनालयले जनाएको छ । त्यस्तै, २०८२ वैशाख १ देखि १५ गतेसम्म प्रत्येक दिन राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म दाउन्ने सडक खण्ड हुँदै गुड्ने सवारीसाधनलाई रोकिने भएको हो ।

उक्त अवधिभर सवारीसाधनलाई तोकिएको स्थानमा रोक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

यी स्थानमा रोकिनेछ सवारी

489180919_1223230463143723_7180619262776147272_n-1743947730.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro