site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपको आर्थिक सहयोग
SkywellSkywell

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरूलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल ईको म्याराथनमा भाग लिएको थियो ।

विद्यार्थीहरूले आवश्यक सीपानुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिनेजस्ता प्रारम्भिक गतिविधिहरूबाट काम सुरु गरेको थियो । २०२२ फेब्रुअरीसम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ ।

Dabur Nepal
NIC Asia

विभिन्न टेस्ट राइडहरूपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार भएको छ । सबै नियमहरू पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेसनहरूअनुसार गाडी बनाइएको जनाइएको छ ।

‘मैचा’को ब्याट्रीले एक किलोवाट चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिने जनाएको छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । उनीहरू शेल ईको म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो (विद्युतीय सवारी) टोली हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu