site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको निर्वाचन कार्यक्रम : केन्द्रीय सदस्यलाई गाउँ/नगरमा खटाउने तयारी  
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । माओवादीले निर्वाचनकेन्द्रित दुईमहिने अभियान सञ्चालन पनि गर्दै छ ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार माओवादीले चुनावी कार्यक्रम पनि बनाएको छ । चुनावी कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका र नगरपालिकामा खटाउने तयारी गरिएको नेताहरू बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

केन्द्रीय सदस्यहरूको नेतृत्वमा देशैभरिका गाउँपालिका, नगरपालिका, महानगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन हुने केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज कुमार पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमान्डको मातहतमा परिचालन कमिटी निर्माण हुनेछ ।

त्यस्तै, प्रत्येक प्रदेशमा पाँच कमान्ड बनाइएको छ । प्रदेश कमान्डअन्तर्गत रहेर निर्वाचन परिचालन कमिटी गठन हुनेछ । एकजना केन्द्रीय सदस्यलाई तीनवटासम्म गाउँ/नगरको नेतृत्व गनुपर्ने हुन सक्ने उनले बताए ।

Royal Enfield Island Ad

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार चुनावी कार्यक्रम बनाएर वितरण भइसकेको छ । उनका अनुसार हाल प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भइसकेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू प्रशिक्षण कार्यक्रमको दौडधुपमा छन् ।

उमेदवार टुंग्याउने जिम्मा प्रदेशलाई 
स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदवारहरू टुंग्याउने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ । कार्यालय सचिव ढकालका अनुसार केन्द्रको परामर्शमा प्रदेशले उमेदवार टुंग्याउनुपर्नेछ ।

“हाल प्रदेशको प्रशिक्षण चलिरहेको छ । निर्वाचनकेन्द्रित कार्यक्रम बनाएर पठाएका छौँ । उमेदवार स्थानीय निकायले सिफारिस गरेर प्रदेशमा पठाउँछ । त्यसपछि केन्द्रको परामर्शमा प्रदेशले उमेदवार टुंगो लगाउँछ,” उनले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro