राजनीति
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । सोमबार जनकपुरधाममा एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि विभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने बताएका हुन् ।
उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसँग तालमेलको आवश्यक नरहेको जिकिर गरे । उनले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए ।
त्यस्तै पोखरेलले एमालेलाई मजबुत पार्टी बनाई देश विकासतर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८ १८:५६
प्रतिक्रिया दिनुहोस्